`

नेपाली सेनामा जागिर खाने सूवर्ण अवसर, ४५ सयले जागिर पाउने

Nepal One HD ८ वैशाख २०८० ८:२१
समाचार

काठमाडौं – नेपाली सेनामा जागिर खुलेको छ । शुक्रबार गोरखा पत्रमा जारी सूचनामा सेनाले ४५ सय जनाका लागि जागिर खुलइएको हो ।

भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ । महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाइएको छ । आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ ।


प्रतिक्रिया