`

रास्वपाका दुई सांसदको शपथ

Nepal One HD १५ वैशाख २०८० १२:००
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराउनुभएको हो ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया