`

रास्वपाको केन्द्रीय समितिको बैठक जारी

Nepal One HD १८ वैशाख २०८० १२:५६
राजनीति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । 

बसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको छ । पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको छ । 

साथै बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तारका विषयमा पनि छलफल हुनेछ । 

बैठक बस्नुअघि आइतबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । 


प्रतिक्रिया