विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ : शंकर पोखरेल


काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक रहेको बताएका छन् ।
शुक्रबार आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले विदेशी लगानीमा गरिएका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले नेपालमा सामाजिक अराजकता सिर्जना गरेको भन्दै स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्,‘छयालिसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानवाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि हो ?, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ ? आउनुहोस् छलफल गरौं ।’