बालकृष्ण खाणको अनुरोध : व्यक्तिगत चरित्रहत्या हुने समाचार सम्प्रेषित नगरीदिनुस्

प्रमुख खबर

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणले आफूबारे प्रकाशित समाचार सत्य नभएको जिकिर गरेका छन् ।
शनिवार ‘विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति मेरो ध्यानाकर्षण भएको’ ब्यहोराको विज्ञप्ति उनले जारी गरेका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’
विभिन्न सञ्चारमाध्यममा नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रहेका खाणको नामसमेत जोडिएपछि घुमाउरो ढङ्गले खाणले समाचारमा आएका कुराहरू अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट