बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ
प्रमुख खबर
काठमाडौँ – कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट आज बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिएको बताए । उनले भने ,‘राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएका छौं, विस्तृत कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
