`

बेलकोटगढीमा ठेगदारको दादागिरी ,जिल्ला अनुगमनसँग नगरपालिकाले माग्यो गुहार

Nepal One HD २९ वैशाख २०८० १८:१०
समाज

काठमाडाैं – बेलकोटगढी वडा नं. १३ को सिंगारे खोलामा भएको दोहनको मुद्दा जिल्ला समन्वय समिति अन्तर्गतको अनुगमन समितिमा पुगेको छ ।

ठेगेदार रामबाबु जिसीले सिंगारे खोला तथा जंगलमा अवैधरुपमा करोडौं मूल्य बराबरको ढुंगा गिट्टी उत्खनन गरी आफुले १६ करोड रुपैंयामा ठेक्का पाएको बाराही शक्ति मा.वि. बडारेको निर्माणाधीन सडकमा प्रयोग गर्दै आइरहेका छन् । राज्यसँगको करोडौंको ठेक्का पाएका जिसीले स्थानीय स्रोतहरुको दोहन गरी सित्तैमा सामाग्री प्रयोग गर्दा पनि हालसम्म कुनै कारबाही हुन सकिरहेको छैन ।

जिसीको अवैध दोहनका विरुद्घ नगरपालिकामा उजुरी परे पछि यस अघि जिल्ला प्रशासनसहितको टोलीले अवैध उत्खनन् गरेको क्षेत्र अवलोकन गरी करोडौं मुल्यको ढुंगा तथा गिट्टी निकालिएको पहिचान गरेको थियो । अनुगमनका क्रममा जिसीका पेट्टी ठेगेदारले समेत अवैध दोहन स्विकार गरी मुचुल्कामा सहीछाप गरेका थिए ।

जिल्लाको टोलीले गरेको अनुगमन पछि नगरपालिलाई कारबाहीको लागि पत्राचार भए पनि नगरपालिका भित्रका कमाउ धन्दामा लागेकाहरुले कारबाही गर्न रोकसँगै नगरपालिकाले जिल्ला अनुगमनसमितिसँग गुहार मागेको हो ।

यसैबीच नगरपालिकाले कारबाहीको लागि जिल्ला अनुगमनलाई पचात्रार गरेपछि जिसीका पेट्टी ठेगेदार राजन लामालले नगरपालिकालाई आफुले दोहन गरेको स्विकार गर्दै कर तिर्न तयार भएको जवाफ नगरपालिकालाई दिएका छन् ।

नगरपालिकाले अनुगमन समितिलाई ताकेता गर्दै जिसीले चोरी पैठारी गरेको ढुंगा उत्खनन्को बिगो एकिन गर्न पत्र काटेसँगै जिसीले आफ्ना कामदार मार्फत ढिलो गरी जवाफ पठाएका हुन् । जवाफमा लामाले आफु विरामी भएर जवाफ पठाउन नसकेको भन्दै आफुहरुले अवैध ढँगले खानी संचालन तथा दोहन गरेको स्विकार गरी जवाफ पठाएको नगरपालिका निकट स्रोतले बतायो ।

स्थानीय जंगल तथा खोला भएको क्षेत्रलाई लामाले आफुले भाडामा लिएर चलाएको भन्दै जवाफ पठाएको नगरपालिकाका निकट स्रोतले बतायो । नगरपालिकाका प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले कुनै पनि हालतमा जिसीले गरेको दोहनको कार्बाही अब राजश्व मात्र हुन नसक्ने बताए । बिगोको एकिन मुल्यांकन होस् र कडाभन्दा कडा कारबाही गर्न सकियोस्, पारदर्शी ढँगले पेटी ठेगेदार मात्र हैन अवैध खानी संचालनको मुख्य नाइकै माथि नै कारबाही गर्न सजिलो होस् भनेर आफुहरुले नदी जन्य तथा खानी जन्य पदार्थ जिल्ला अनुगमन समितिलाई पत्र काटेको उनले बताए ।

‘यो ठुलो किसिमको दोहन हो, त्यही भएर यो नगरको मात्र चासोको विषय रहेन, राजश्व मात्रले यस्को निरुपढ हुँदैन जिल्लाका सबै समयन्त्रले मिलेर कारबाही गर्नु पर्ने अवस्था बन्यो’ प्रमुख प्रशासकीय अधिकृत पण्डितले भने ।

नगरपालिकाले जिसीलाई कारबाहीको दायरामा ल्याउन पहल गरिरहँदा उता जिसी भने अर्को अवैध खानी संचालनमा जुटेका छन् । स्थानीयहरुका अनुसार जिसीले बेलकोटगढी १३ शक्ति मा.वि. भन्ज्याङमा ग्रावेल निकालेर अर्को दोहन सुरु गरेका हुन् ।

यसै बीच बेलकोटगढी १३ का वडा अध्यक्षले वडाभित्र चलिरहेका अवैध खानी तकाल बन्द गर्न निर्देसन समेत दिएका छन् । वडा अध्यक्ष नवराज पाण्डेले भने तत्काल अवैध खानी बन्द नगरीए जस्तोसुँकै कडा कार्बाही गर्न आफुहरु बाध्य हुने उनले बताए ।

अवैध उत्खनन् रोक्न चौतर्फी दबाबमा परेका ठेगेदार जिसी भने यत्तिखेर स्थानीयहरुलाई दोहन गर्न नपाए बाटो नै बन्दैन भन्दै धम्काइ रहेका छन् । तपाइहरुकै बाटो हो मेरो त के विग्रिन्छ र बाटो बनाउने भए चुप लाग्नुहोस्, हल्ला नगर्नुहोस् भन्दै जिसीले स्थानीयहरुलाई उचालिरहेका छन्, जनप्रतिनीधिहरु पनि मुक दर्शक भए, स्थानीयहरुले बताए ।

यता स्थानीयले जिसी र नगरपालिकाका केही जनप्रतिनीधिहरुको मिलोमत्तोको भण्डाफोर गर्न सार्वजनिक सुनुवाईको माग गरेका छन् । प्रमाणसहित सार्वजनिक सुनुवाई गरी अवैध खानी संचालनमार्फत मुनाफा गर्नेहरुलाई कालोमोसो दल्ने तयारी भइरहेको उनीहरुले बताए ।

रकम अभाव भो भन्दै नगरपालिकाले अहिलेसम्म हिउँदे अधिवेशनसमेत नगरेकोमा उनीहरुले आक्रोश पोखे । ‘यता ठेगेदारसँग मिलेर कमाउ धन्दा चलाउने, उता राजश्व नउठ्ने काम गरी दोहनकारीलाई साथ दिने मतियारहरुलाई हामी भूमिगत शैलीमा कुनैपनि समय कालोमोसो दल्ने छौ’ उनीहरुले भने ।


प्रतिक्रिया