`

सडकमा गुणस्तरहीन काम भएको भन्दै एक युवा विद्युत हाइटेसन पोलमा चढे

Nepal One HD ३० वैशाख २०८० १२:२३
समाचार

मोरङ –  मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढेका छन्। 

बूढीगंगा गाउँपालिका वडा नं. ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा चढेका हुन् ।

उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले  आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पोलबाट नझर्ने अडान लिइरहेका छन्। आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत माझीले दिएका छन् ।

बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ ।


प्रतिक्रिया