`

शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारमात्र होइन, देशद्रोह हो : राजकिशोर यादव

Nepal One HD १ जेठ २०८० १३:५६
राजनीति

काठमाडौँ – जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचारको मुद्दामात्र नभई राष्ट्रद्रोह भएको बताउनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दा देशद्रोह भएको बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदैछ, यो सामान्य भ्रष्टाचारमात्र होइन, देशद्रोह हो । यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ ।’

केही दिनयता ठूला ३ दलका नेताहरु निरन्तर भेटिरहेकामा उहाँले आशंका भएको पनि बताउनु भयो । उनीहरुको भेटघाटले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको धारणा राख्नु भयो ।


प्रतिक्रिया