‘भैंसी’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

प्रमुख खबर

काठमाडौं – सभामुख देवराज घिमिरेले भारत भ्रमण पूरा गरी स्वदेश फर्किंदा प्रधानमन्त्री ‘भैंसी चढेर आउनु भयो’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिनुभएकाे छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनका क्रममा बोलिएको ‘भैंसी चढेर’ शब्द तथा अन्य सांसदहरुले बोलेको ‘प्रधानमन्त्री भैंसी चढेर आउनुभयो’ भन्ने शब्द हटाउन सचिवालयलाई निर्देशनदिनुभएकाे हाे ।
यस विषयले बैठकमा केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नियमापत्ति जनाउन होडबाजी नै चलेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट