जसपाले जेठ २७ गते बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

राजनीति

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक जेठ २७ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शनिबार दिनको एक बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट