`

त्रिभुवन विमानस्थलमा गोली चल्यो

Nepal One HD २८ जेठ २०८० १२:२९
प्रमुख खबर

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ ।

आइतबार विमानस्थलमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो ।

उक्त युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी स्रोतले बतायो ।

पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि घुँडामुनि गोली हानिएको हो ।


प्रतिक्रिया