`

हिमाल आरोहीहरूको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्छु : शेर बहादुर देउवा

Nepal One HD २९ जेठ २०८० १२:०५
राजनीति

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले हिमाल आरोहीहरूको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताउनुभएको छ ।

काँग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाले सोमबार काठमाडौँमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा देउवाले आरोहीहरूको जीवन बिमा आवश्यक रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीसँग कुरा गरेर जीवन बिमाको पहल गर्ने बताउनुभएको हो ।

देउवाले सगरमाथाको चुचुरोमा काँग्रेसको झण्डा पुराएर पार्टी मात्रै नभएर देशकै लागि गौरवको विषय भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा काँग्रेसको झण्डा फहराउने आरोहीहरूलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया