`

प्रचण्ड र बाबुरामका नाउँमा कारण देखाऊ आदेश, रिटलाई अग्राधिकार

Nepal One HD ३० जेठ २०८० १७:५५
प्रमुख खबर

काठमाडौ‌ / सशस्त्र जनयुद्धको बेला बालसेना प्रयोग गरेर युद्धअपराध गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको रिटलाई सर्वोच्चले अग्राधिकार दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलवार विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गर्दै रिटलाई अग्राधिकार दिएको हो ।

राष्ट्रसंघीय निकाय अनमिनको प्रमाणीकरणमा अयोग्य भएका बाल सैनिक लेनिन विष्टले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश गरेको हो ।


प्रतिक्रिया