`

शरणार्थी प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने

Nepal One HD १ असार २०८० ७:१०
प्रमुख खबर

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । 

सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।  

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

आजबाट हुने जवाफी बहस आज दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसक्नुभएको छ 


प्रतिक्रिया