`

पत्रकार एवं साहित्यकार विमल नेपालको ‘पीपला’ सार्वजनिक

Nepal One HD २ असार २०८० २२:२८
प्रशासन

काठमाडौं – पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक गरेका छन् ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा पुस्तक सार्वजनिक भएको हो। पुस्तक सार्वजनिक समारोहमा लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारीले बोलेका थिए। कार्यक्रममा बोल्दै लेखक पाण्डेले नेपालको उपन्यास युद्ध साहित्यको एक महत्त्वपूर्ण ग्रन्थ हुनसक्ने बताए ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको छ। लेखक नेपालले आफ्नो पुस्तक धेरै राम्रो नभए अनि झुर भने नभएको भन्दै सबैलाई पढेर प्रतिक्रिया दिन आग्रह गरे।


प्रतिक्रिया