हिमा गाउँपालिकाले एकल पुरुषलाई (विदुर) भत्ता दिने

प्रशासन

जुम्ला / जुम्लाको हिमा गाउँपालिकाले एक पुरुषलाई सामाजिक सुरक्षा (विदुर) भत्ता दिने नीति ल्याएको छ ।
जुम्लाका आठ स्थानीय तहमध्ये नौलो नीतिका रुपमा एकल पुरुषलाई बिदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताउनुभयो ।
आगामी आर्थिक वर्ष २०८०र०८१ मा कार्यान्वयन हुने गरी एक पुरुषलाई पनि भत्ता दिने नीति ल्याइएका जनाउँदै उहाँले भन्नुभयो,“५० वर्षमाथि र ५९ वर्षमुनिका एकल पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति लिएको छ । यो कार्यक्रमले एकल पुरुषहरूलाई राहत महसुश गराउने छ ।”
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट