रेशम चौधरीविरूद्धको मुद्दाको सुनुवाई स्थगित

काठमाडौ– रेशम चौधरीविरूद्धको मुद्दामा सुनुवाई स्थगित भएको छ । पाँच महिनापछि बल्ल उनको सुनुवाई तोकिएको थियो ।
सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ । सोही प्रक्रियाअनुसार रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सर्वोच्चले जनाएको छ ।

टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त भएका थिए । ०७२ भदौमा टीकापुरमा २ वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले ०७५ फागुनमा चौधरीलाई मुख्य योजनाकार ठहर गर्दै सर्वश्वसहित जन्मकैद फैसला सुनाएको थियो ।

Reporter