भारतमा भएको सवारी दुर्घटनामा ७ नेपालीको मृत्यु

भारतमा भएको सवारी दुर्घटनामा ७ नेपालीको मृत्यु

भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।
सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । गाडी सडकबाट १५० मिटर तल खसेको जनाइएको छ ।

मृतक ८ जनामध्ये ७ जना नेपाली नागरिक रहेको बताइएको छ । उनीहरु महेन्द्रनगरका रहेको टाइम्स अफ इण्डियाले समाचारमा जनाएको छ । दुर्घटनामा ज्यान गुमाउने नेपालहिरुमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत रहेका छन् ।

Reporter