वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन

NepalOne २४ जेठ २०८२ २०:०५
प्रमुख खबर

बनियानी, २४ जेठः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताउनुभएको छ ।

झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताउनुभयो । जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहे पनि कतिपय राम्रा रहेको उल्लेख गर्नुभयो ।


प्रतिक्रिया