‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक


काठमाडौं । नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । टिजर नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपालीको हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजिएको छ ।
आगामी असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यस सिनेमामा ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ।सौरभ लामाको छायाँकन, देव महर्जन द्वन्द्व, समिर मियाँको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।