‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

NepalOne २४ जेठ २०८२ २१:०३
विश्व

अमेरिकी प्रविधि अर्बपति एलन मस्कले डोनाल्ड ट्रम्प र दिवङ्गत यौन अपराधी जेफ्रे एप्स्टिनको सम्बन्ध रहेको एक विवादास्पद आरोपलाई हटाउनुभएको छ ।

बिहीवार अबेर उहाँले ट्रम्पका विरुद्ध ‘ठूलो बम’ खसाल्न लागेको भन्दै विना प्रमाण दिवङ्गत एप्स्टिनका हालसम्म सार्वजनिक नभएका फाइलहरूमा ट्रम्पको नाम पनि रहेको आरोप लगाउनुभएको थियो ।

ह्वाइट हाउसको शीर्ष सल्लाहकारको भूमिकाबाट बाहिरिएका खर्बपति प्रविधि उद्यमी मस्कले सन् २०१९ मा यौन तस्करीको आरोप खेपिरहेका बेला आत्महत्या गर्नुभएकी एप्स्टिनसँग राष्ट्रपति ट्रम्पको नाम जोडेपछि दुई अधिकारीबीचको तनाव चुलिएको थियो ।

ट्रम्प प्रशासनले दशौ हजार कागजात, भिडियो र खोजी सामग्रीको समीक्षा गरिरहेको बताउँदै यसले ‘एमएजिए’ आन्दोलनले एप्स्टिनको अपराधमा संलग्न सार्वजनिक व्यक्तिहरूको पर्दाफास गर्ने जनाएको छ ।

सन् २०२४ को सुरुमा न्यूयोर्कका एक न्यायाधीशले एप्स्टिनसँग सम्बन्धित बयान र बयानको सूचीमा रिपब्लिकन नेता ट्रम्पको नाम रहेको बताउनुभएको थियो । राष्ट्रपतिमाथि यस मामिलामा कुनै गलत काम गरेको आरोप लगाइएको छैन।

बिहीबारको पोष्टमा मस्कले आफू कुन फाइलका बारेमा कुरा गरिरहनुभएको हो भन्ने खुलाउनुभएको थिएन र दाबीका लागि कुनै प्रमाण पेश गर्नुभएको थिएन ।

उहाँले सुरुमा आफ्नो दाबीलाई दोब्बर बनाउँदै पुन गरेको अर्को पोष्टमा लेख्नुभएको थियो, “भविष्यको लागि यो पोस्टमा चिन्ह लगाउनुहोस्। सच्चाई सामुन्ने आउनेछ। ”

उहाँले शनिबार बिहानसम्म दुवै ट्वीट ‘डिलिट’ गरेको (हटाएको) देखिन्छ ।


प्रतिक्रिया