हामीलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्छ भने देशमा फेरि अर्को उथलपुथल आउँछः अध्यक्ष नेपाल

हामीलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्छ भने देशमा फेरि अर्को उथलपुथल आउँछः अध्यक्ष नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृहजिल्ला रौतहटमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए ।

आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्नो पार्टीलाई कसैले कमजोर नठान्न चेतावनी दिए । अध्यक्ष नेपालले आफूहरूको आफनै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।

उनले भने, ‘हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ । त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छ ।’

उनले सुदूरपश्चिममा आफ्ना सांसद जता जान्छन् उतै सरकार बन्ने बताए । उनले भने, ‘त्यहाँ आफना पार्टीका चार जना प्रदेश सांसद छन् र ती चारै जना सरकार निर्माणका लागि निर्णायक छन् । हाम्रा प्रदेश सांसदहरु जता जान्छन् उतै सरकार बन्छ, अनि सरकार छाड्यो भने ढल्छ, ।’

Reporter