वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृंखलाका लागि बिहीबार नेपाली टोलीको घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द रहेका छन्।

नेपालविरुद्ध टी–२० शृंखला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइसकेको छ । नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल अप्रिल २७ मा खेलिने भएको छ । दोस्रो खेल अप्रिल २८ मा र तेस्रो खेल मे १ मा खेलिने छ । नेपाल र वेस्ट इन्डिजबिचको चौथो खेल मे २ मा र पाँचौँ खेल भने मे ४ मा खेलिने छ ।

Reporter