सहकारीका बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

सहकारीका बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया सुरू गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहकारीका कारण बचतकर्तामा परेका समस्या समाधान गर्न प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

सरकारकी प्रवक्ता रेखा शर्माले मुलुकभर सहकारीका समस्याकाबारेमा कुरा उठेकाले समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘तत्काल कानूनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने निर्णय भएको छ।’

Reporter