कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासको मत
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् ।
प्रदेशसभामा भएको मतदानमा कँडेलको पक्षमा २३ र विपक्षमा १२ मत परेको थियोे । २७ चैतमा एमालेसहित माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।