समाचार

आगामी महाधिवेशनमा  सभापतिको उम्मेदवार म हुँः शशांक कोइराला

NepalOne
१९ भदौ २०८१ २१:५१

चितवन ।  नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् । 

बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताएका हुन् ।

आफूले अहिलेसम्म निर्वाचन नहारेको बताउँदै उनले यसपटक महाधिवेशनमा सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । कोइरालाले भने, ‘अब सभापतिको उम्मेदवार म हुँ । सोच्ने कुरै छैन ।’

महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे, ‘सभापतिजीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने हो ।’ नेपाली कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए । 


प्रतिक्रिया