श्रीलंकालाई पराजित गर्दै नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा

NepalOne २८ वैशाख २०८२ २२:२५
खेलकुद

काठमाडौं । नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार साँझ भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलमा श्रीलंकालाई ५–० गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम, विज्ञान खड्का र लछु थापाले एक एक गोल गरे । नेपालले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि धवेन्द्रले गोल गरेका थिए । खेलको ६१ औं मिनेटमा सुवास बमले गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यस्तै ७७ मिनेटमा सुवासले गोल गरे । त्यस्तै ९० र्औ मिनेटमा बिज्ञान र इन्जुरी समयमा लछुले गोल गरे । यसअघि भारतले श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

समुह बीमा गोल अन्तरका आधारमा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छन् । अब मंगलबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुने ।


प्रतिक्रिया