पुल भासिएका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

NepalOne २९ वैशाख २०८२ २३:००
प्रमुख खबर

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने चोरमारा पुल भासिएको छ । सोमबार साँझ पुल भासिएपछि राजमार्ग अवरुद्ध भएको हो ।

फलामे पुल भासिएका कारण राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

कार्यालयले भनेको छ, ‘पूर्वपश्चिम राजमार्ग नवलपुर जिल्ला (ब.सु.पू.)अन्तर्गत चोरमारास्थित गिरूबारी पुल भासिएका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । वैकल्पिक सडक प्रयोग गर्नुहुन अनुरोध छ ।’


प्रतिक्रिया