करेन्ट लागेर मोरङमा दुई महिलाको मृत्यु

समाज

विराटनगर । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डागीमा विवाह समारोहमा माइक बाँधिएको बाँसले हाई टेन्सन लाइनको तारमा छुँदा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको हो ।
स्थानीय नीरज कुमार सिंहको बिबाहमा बाँधिएको माइकको बाँस सोमबार साँझ करिब ८ बजे आएको हावाहुरीले ढलेर हाइटेन्सन लाइनमा छोएको थियो उक्त घटनामा करेन्ट लागेर ७३ वर्षीया सूर्य देवी गनगाई र ७० वर्षीया रामु देवी गनगाई गम्भीर घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति ९ बजे दुबैको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ३० वर्षीया राधा कुमारी सिंह पनि घाइते भएकी छन्।
उनलाई नगर अस्पताल झुर्कियामा सामान्य उपचारपछि घर फर्काइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट