ह्यात होटलको ग्राउण्डमा नोराको प्रस्तुती

काठमाडौँ । भारतीय अभिनेतृ तथा नृत्याङ्गना नोरा फतेहीले शनिबार साँझ बौद्धस्थित ह्यात होटलको ग्राउण्डमा प्रस्तुती तथा नृत्य प्रदर्शन गरेकी छन् ।
शनिबार साँझ उनले ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा प्रस्तुती दिएकी हुन् । प्रस्तुतीका लागि उनी शनिबार बिहान काठमाडौं आएकी थिइन् । ह्यात होटलको ग्राउण्डमा भएको कार्यक्रममा हजारौं दर्शकको उपस्थिति थियो ।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेतृ फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए ।
इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको थियो । अभिनेतृ फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।
कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुती दिएका थिए ।