समाचार

न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ रहेनः सांसद झा

NepalOne
५ जेठ २०८२ १२:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिन सकेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद झाले अहिलेका गृहमन्त्रीले कुनै काम गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘गृहमन्त्री रवि लामिछाने आएपछि सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको संचारमाध्यमले बताउँदै आएका छन् । तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् । यो हो हामीले गर्ने स्टन्ट ? राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गरेको गृह मन्त्रालय सम्हाल्दै गर्दा कसरी तस्करी नियन्त्रण गरेका थियौं भन्ने कुरा स्टन्ट हो ?’

उनले न्यायालयप्रतिको विश्वास कमजोर हुँदै गइरहेको बताए । उनले न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कहीँकतै नरहेको बताए ।

उनले भने, ‘आज न्यायालयहरुले विभिन्न संरक्षण त दिइरहेको छ तर यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर भइरहेको छ । न्यायालयले न्याय देला भनेर विश्वास गर्ने ठाउँ कमजोर हुँदै गएको छ ।’


प्रतिक्रिया