समाचार

प्रधानमन्त्रीलाई बालेनले गरे यस्तो कटाक्ष

NepalOne
५ जेठ २०८२ २०:४२

काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिमा आफूलाई नराख्न प्रधानमन्त्री केपी शर्मा ओली दिएको निर्देशनप्रति काठमाडौं महानगरपालिकाका मेयर कटाक्ष गरेका छन् ।

सोमबार साँझ सामाजिक संजालमार्फत मेयर साहले प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन् । मेयर साहले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टचारी जोगाउँछु भन्छ । त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’

मूल समारोह समितिको सोमबारको बैठकमा मेयर साह उपस्थित नभएपछि प्रधानमन्त्रीले मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरू पटकपटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया