समाचार

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

NepalOne
६ जेठ २०८२ ११:३२

काठमाडौं । नेपाली  बजारमा तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मगलबार एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी  एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एकतोला चाँदी  एक हजार ९४५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया