मिटरब्याज पीडितलाई न्याय कहिले ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकारलाई आग्रह गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नियत ठिक नभएको भन्दै माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेकी हुन् ।
उनले भनिन्, ‘श्रीमान गौरीबहादुर कार्कीले दिएका सुझाव र श्रीमान तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत गरेर कार्यान्वयन गर्ने हो भने ८० प्रतिशत समस्या त्यहीँ समाधान हुन्छ । पीडितले कतिञ्जेल आन्दोलन गरिरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या गिजोल्ने राज्यको नियत के हो ?’
उनले आफ्ना पार्टीको साहुमहाजन जोगााउन पीडितमाथि राजनीति नगर्न आग्रह गरेकी छन् । उनले भनिन्, ‘हिजो भएको छलफलमा आयोगका अध्यक्षले पीडितले भनेजस्तो काम गर्ननसक्ने बताएका छन् । यसअघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो । अहिले कामचलाऊ प्रतिवेदन लेख्न अर्को आयोग गठन भयो । पीडितले भेट्न जाँदा सिँहदरबार प्रवेशमा निषेध छ । मिटरब्याज पीडितको समस्या यसरी समाधान हुँदैन । आफ्नो पार्टीको साहुमहाजन जोगााउन पीडित माथि राजनीति नगरौँ । मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूका कति कति भाग छ ? नत्र किन पीडितको आन्दोलनदेखि डराउने तर तिनको पक्षमा काम गर्न नसक्ने ?’