नेपालका सबै विषयमा निर्णय लिने अधिकार नेपाली जनता र राजनीतिक दललाई छः विजय जोली

NepalOne
७ जेठ २०८२ १६:०६
प्रमुख खबर

काठमाडौं । भारतीय जनता पार्टीका नेता डा.विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जोलीले पाकिस्तानका कारण सार्कको सार्थकता समाप्त भएको बताएका हुन् ।

उनले नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध बाहेक सैनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको बताए । उनले नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा सदैव भारत रहेको उल्लेख गरे ।

नेपालीका सबै विषयको निर्णय लिने अधिकार नेपाली जनतालाई र यहाँका राजनीतिक दलहरूलाई मात्रै रहेको बताए । जोलीले कश्मीरको पहलगाम घटनामा नेपालले गरेको सहयोगको लागि धन्यवाद दिदैँ उनले भारतले युद्ध नचाएको बताए ।

उनले भने, ‘भारत युद्ध चाहँदैन । भारतलाई नउक्साउनुहोला तर ती कश्मीरको पहलगाममा सहिद भएका २६ जना मानिसहरु जसमा एक जना नेपालीमूलको भाइ पनि थियो । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’


प्रतिक्रिया