कांग्रेस पदाधिकारी बैठक बस्दै

NepalOne
१२ जेठ २०८२ ६:३८
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बोलाइएको हो ।

बजेट, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुने बताइएको छ । त्यस्तै भिजिट भिसा प्रकरणमा गृहमन्त्री जोडिएको विषयमा पनि छलफल हुने छ ।


प्रतिक्रिया