पार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई निकै जटिल बनाउनु गलत होः गोकुल बास्कोटा


काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेमा पार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई जटिल बनाइनु गलत भएको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत बास्कोटाले पार्टीभित्र प्रतिस्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजेजस्तो व्यवहार प्रकट हुन थालेको बताएका हुन् ।
एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको महाधिवेशनमा एकाथरीले प्रतिस्पर्धा नै गर्न नदिने र अर्कोथरीले प्रतिस्पर्धामा जाँदा यो र त्यो समूहको भाष्य निर्माण गरेको भन्दै बास्कोटाले त्यसलाई बन्द गर्नुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘एमालेकोअन्तर पार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई निकै जटिल र दुरुह बनाउन खोजेजस्तो व्यवहार प्रकट हुन थालेका छन् । चुनाव दुष्मनी र सहमति गरे टीका प्रथा भन्नु गलत हो । जबजको संगठनात्मक सिद्धान्तअनुरुप पार्टी र संम्बद्ध सगंठन चलाए भै गो । जबज भन्या गजब र फलानोको साथ मलाई भन्न बन्द गरौ न !’