विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिरमा फरफरायो सानदार मिडियाको लोगो

NepalOne १४ जेठ २०८२ २०:२३
समाचार

काठमाडौँ । सानदार मिडिया प्रा.लि.को लोगो विश्वकै सर्वोच्च शिखर सगरमाथाको शिरमा फरफराइएको छ । डिजिटल मिडियामा ख्याति कमाएको मिडियाको लोगो ओखलढुङ्गाको मोलुङ गाउँपालिका ७ सुर्केका वाङडा शेर्पाले सगरमाथाको शिरमा फरफराएका हुन् । वाङडाले मे २३ को बिहान ९ बजेर ९ मिनेट जाँदा सगरमाथाको सफल आरोहण गरेका थिए ।

उनको यो चौथो आरोहण हो । सानदार मिडियाका अध्यक्ष शिखर जङ्ग श्रेष्ठले सगरमाथाको आरोहण सँगै मिडियाको लोगो फरफराएर उपहार प्रदान गरेकोमा आरोही वाङडा शेर्पालाई बधाई तथा धन्यवाद दिए । यो ऐतिहासिक रेकर्डले श्रोता दर्शकमा सही सूचना दिने दायित्वलाई अझ मजबुत बनाउन ऊर्जा मिलेको अध्यक्ष श्रेष्ठले बताए ।


प्रतिक्रिया