पूर्वमन्त्री आलम जेलमुक्त

NepalOne १४ जेठ २०८२ २१:१५
प्रमुख खबर

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएसँगै पूर्वमन्त्री अफताब आलम जेलमुक्त भएका छन् । बुधबार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट आलमले सफाइ पाएका थिए ।

आलमलाई न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले सफाइ दिएको हो । सफाइ पाएसँगै उनी बुधबार राति ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन् ।

अदालतले आलमको घरमा बम विस्फोटको प्रमाण पुष्टि हुन नसकेको ठहर गरेको छ । यस्तै, घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अख्तरलाई ट्याक्टरमा हाली इँट्टाभट्टामा जलाइएको पनि प्रमाणबाट पुष्टि गर्न वादी पक्षले नसकेको इजलासको ठहर छ ।

२०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी जिल्ला अदालतबाट दोषी ठहर भएका थिए ।


प्रतिक्रिया