न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स र परराष्ट्रमन्त्री डा राणाबीच द्विपक्षीय भेटवार्ता

NepalOne १५ जेठ २०८२ ६:४२
राजनीति

काठमाडौँ – नेपाल भ्रमणमा रहनुभएका न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाबीच यहाँ द्विपक्षीय भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच प्रतिनिधिमण्डलस्तरमा दुई देशका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । दुई पक्षले आगामी दिनमा आपसी सहयोगका विभिन्न विषयमा दिगो साझेदारीका लागि सहमति गरेका छन् ।

भेटपछि परराष्ट्रमन्त्री डा राणाले ऐतिहासिक भेटवार्ता भएको र नेपाल–न्युजिल्यान्डबीच सम्बन्ध थप प्रगाढ बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आजै काठमाडौँ आइपुग्नुभएको हो । उहाँको यो पहिलो नेपाल भ्रमण हो ।

उपप्रधानमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।


प्रतिक्रिया