प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा

प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयले ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी दिएको हो ।
बढुवा हुनेहरूमा सुदर्शन प्रसाद खतिवडा, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जिसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।
प्रतिक्रिया
ताजा अपडेट