आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

NepalOne १६ जेठ २०८२ १३:४४
प्रमुख खबर

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले त्यसदिन बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिइने गरेको छ । यो बिदा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै लागु हुनेछ।


प्रतिक्रिया