नेपाल एमेच्योर गल्फ मङ्गलबारदेखि

NepalOne १६ जेठ २०८२ १७:३३
खेलकुद

काठमाडौँ । नेपाल गल्फ सङ्घको आयोजनामा ११औँ संस्करणको नेपाल एमेच्योर खुला गल्फ प्रतियोगिता यही जेठ २० गतेदेखि हुने भएको छ ।

यही जेठ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता ५४ होलको हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष टासी घलेले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ दक्षिण एसियाका बङ्गलादेश, श्रीलङ्का, भूटान र भारतका खेलाडी सहभागी हुनेछन् । पुरुषतर्फ व्यक्तिगत र टिम प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी, सोही प्रतियोगिताको महिलातर्फको स्पर्धामा भने आयोजक नेपाल र भारतका खेलाडीको मात्र सहभागिता रहनेछ । प्रतियोगितामा ४५ पुरुष र १० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

वल्र्ड एमेच्योर गल्फ र्याङिकद्वारा मान्यता प्राप्त प्रतियोगिताले नेपालका साथै दक्षिण एसियामा युवा विकास र एमेच्योर गल्फको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने अध्यक्ष घलेले बताए ।


प्रतिक्रिया