कोटिहोममा विद्यार्थीको भीड : शिक्षकहरु भन्छन् – धर्म र संस्कृति बुझाउने मौका मिल्यो


काठमाडौं । पोखराम जारी गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा श्रवणको लागि विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराइएको छ ।हिन्दु सनातन धर्म, वैदिक परम्परा संस्कृति आदी विविध विषयमा जानकारी गराउने उद्देश्यले विद्यार्थीहरुलाई कोटिहोमको अवलोकनमा लगेको शिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।
छोरेपाटन माध्यम विद्यालयको शिक्षा संघको अध्यक्ष इन्द्र बहादर खत्रीले विद्यालयमा जम्मा दुई हजार तीन सय विद्यार्थी रहेको भन्दै त्यसमध्य एक हजारभन्दा माथि विद्यार्थीलाई कोटिहोममा ल्याएर दर्शन गराइसकेको जानकारी दिए ।
हिन्दु धर्ममाथि विभिन्न प्रहारहरु भइरहेको अवस्थामा युवाहरुले हिन्दु धर्मलाई संरक्षण कसरी गर्ने, धर्ममा के छ भन्ने कुरा बुझाउने मूल उद्देश्यले विद्यार्थीहरुलाई कोटिहोममा ल्याइएको उनले जानकारी दिए ।
उनले भने,‘हामीसँग लगभग दुई हजार तीन सय विद्यार्थी छन् । त्यसमा एक हजारभन्दा माथि विद्यार्थीलाई यहाँ ल्याएर दर्शन गराइसकेको छौं । अरुलाई पनि यो पूण्य भूमिमा ल्याएर हिन्दु धर्मको संरक्षणको लागि र हिन्दु धर्ममाथि विभिन्न प्रहारहरु भइरहेको अवस्थामा धर्मलाई संरक्षण कसरी गर्ने भन्ने विषयमा बुझाउने उद्देश्यले अवलोकन गराइएको हो ।’
यस्तै, सब्लाइम माध्यमिक विद्यालयका शिक्षक कमलपति शर्माले कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई ऐतिहासिक कोटिहोममा हिन्दु सनातन धर्म वैदिक परम्परा संस्कृति आदी विविध विषयमा जानकारी गराउने उद्देश्यले कोटिहोममा ल्याएको बताए ।आफ्नो संस्कारलाई जोगाउनको लागि पनि गण्डकी कोटिहोममा विद्यार्थीहरुलाई ल्याएर जानकारी गराउनुपर्छ भन्ने उद्देश्यले आएको उनले सुनाए ।
उनले भने,कक्षा ८, ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई ऐतिहासिक कोटिहोममा हिन्दु सनातन धर्म वैदिक परम्परा संस्कृति आदी विविध विषयमा आफ्नै प्रदेशमा आयोजना भएको पून्य कामका बारेमा जानकारी गराउने उद्देश्यले विद्यार्थीहरुलाई लिएर आएका हौं । व्यवहारिक रुपमा उहाँहरुलाई यहाँ ल्याएर देखाउनुपर्यो । हाम्रो धर्म, संस्कृति, संस्कार, परम्परा, रितिरिवाजको कसरी संरक्षण गर्नुपर्छ, सनातन धर्ममाथि कसरी प्रहारहरु हुँदै आइरहेको छ,आफ्नो संस्कारलाई कसरी जोगाउने भन्ने विषयलगायतका बारेमा बुझाउन कोटिहोममा विद्यार्थीहरुलाई स्थलगत भ्रमण गराउँदा ज्ञान प्राप्त हुने उद्देश्यले केही समय कथा सुनाउन ल्याएका हौं ।’
त्यस्तै, उनले कोटिहोम गण्डकी प्रदेशमा मात्र नभइ पूर्वीय वैदिक सनातन धर्मको रक्षाको लागि एकदमै उत्कृष्ट रहेको बताए । उनले पछिल्लो समय युवाहरुमा आफ्नो धर्म र संस्कृतिप्रति लगाब कम हुँदै गएको गुनासो गरे । पश्चिमी संस्कृतिकोप्रभाव युवाहरुमा देखिरहेको भन्दै यस्ता कार्यक्रमहरुमा विद्यार्थीहरुलाई भ्रमण गराउने, धर्म संस्कृति एवम परम्पराबारे आकर्षित गर्न अग्रजहरुले अभिभावकत्व गर्नुपर्ने पनि उनको भनाइ छ ।
उनले भने,‘कोटिहोम गण्डकी प्रदेशमा मात्र नभइ पूर्वीय वैदिक सनातन धर्मको रक्षाको लागि एकदमै उत्कृष्ट छ । आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजयकृष्ण मूर्तिप्रति आभार व्यक्त गर्दछु । उहाँले विभिन्न राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका कथावाचकहरु ल्याउनुभएको छ । पछिल्लो समय युवाहरुमा आफ्नो धर्म र संस्कृतिप्रति कम लगाब भएको जस्तो देखिएकाले कथा श्रवण आवश्यक पनि छ । पश्चिमी संस्कृतिको प्रभाव बढ्ने भएकाले आफ्नो भन्दापनि अरुको देखासिखी गर्ने प्रवृत्ति मौलाएको छ । त्यसैले यस्ता कार्यक्रमहरुमा विद्यार्थीहरुलाई ल्याउने र धर्म संस्कृति एवम परम्पराबारे आकर्षित गर्नुपर्छ ।’
त्यस्तै , माउन्ट अन्नपूर्ण माध्यममिक विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थी एलिना घिमिरे युवा पीढिहरुले आफ्नो संस्कृतिलाई विर्सिसकेको टिप्पणी गरिन् । त्यसैले कोटिहोमले गर्दा आफूहरुले आफ्नो संस्कृति र मौलिकतालाई जगेर्ना गर्ने अवसर पाएको उनको बुझाई छ । यस्तो महायज्ञले युवा पीढिलाई आफ्नो संस्कृति भुल्न नदिने भन्दै आयोजकलाई धन्यवाद दिइन् ।