शेयर बजारमा करिव ८ अर्बको कारोबार

अर्थ समाचार

काठमाडौं । बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ५ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ४० दशमलव ९६ विन्दुमा झरेको छ । जलविद्युत् र लगानी बाहेक सबै उपसमूह घट्दा सबैभन्दा धेरै उत्पादन र प्रशोधन उपसमूह एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज ओम मेगाश्रीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रबजार बजार घटेको दिन आज रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो । अरू चार वटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरै बढेको छ । आज सात अर्ब ९७ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
ताजा अपडेट