डिलिट गर्न नपर्ने गरी समाचार लेख्नुपर्छ: बालकृष्ण बस्नेत


प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले डिजिटल मिडियामा अवसर र चुनौति विषयक बहस अहिलेको महत्वपूर्ण विषय भएको बताए ।
पछिल्लो समय पत्रकारिता डिजिटलाइज भइरहेको सन्दर्भमा यस किसिमको बहसले मर्यादित पत्रकारिताका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । अहिलेको समयमा प्रिन्ट वा छापा पत्रकारिता मात्र चलाउँछु भनेरर सम्भव नभएको समेत उनले बताए । ‘कसरी हुन्छ ती सञ्चारका माध्यमहरू डिजिटलाइज हुनुपर्छ,’ उनले भने ।
नेपाल वान एचडी नेटवर्कको आयोजनामा बसेरा बुटिक होटल, बबरमहलमा शुक्रबार सम्पन्न भएको राउण्ड टेबल कार्यक्रमा उनले भने, ‘पत्रकारिता अहिले डिजिटलाइज भएको छ । यस सन्दर्भमा यो विषय झनै महत्वपूर्ण छ ।‘ पत्रकारले समाचार सम्प्रेशण गर्दा आचारसंहितालाई ख्याल गर्नुपर्नेमा बस्नेतले जोड दिए । पत्रकारिता र आचारसंहिता सँगसँगै हुने भन्दै यसलाई छुट्याउन नसिकने उनले बताए ।
उनले डिजिटल मिडियाको बढ्दो प्रयोगसँगै सोही अनुसारको आचारसंहिता आवश्यक भएको बताए । यस्तो मिडिया निकै संवेदनशील हुने भएका कारण आचारसंहिता आवश्यक पर्ने भन्दै उनले पत्रकारले आचारसंहितालाई ख्याल गरेर नै समाचार सम्पादन गर्नुपर्ने उल्लेख गरे । प्रेस काउन्सिलले पत्रकार आचारसंहिता प्रभावकारी रुपमा लागू गर्नका लागि घच्घचाउने काम गर्दै आइरहेको समेत उनले स्पष्ट पारे । ‘कतिपय माध्यमहरू कस्ता देखिन्छन् भने मैले पत्रकारिता गर्ने हो मलाई अरू थाहा छैन आचारसंहिता पनि मतलब छैन भन्ने प्रवृति पनि छ,’ उनले भने‘त्यस्तो हुनु हुँदैन ।‘
समाचार प्रकाशित भइसकेपछि डिलिट गर्न नहुने गरी पत्रकार आचारसंहिताले उल्लेख गरेको भन्दै पूर्वअध्यक्ष बस्नेतले अहिले डिलेट गर्ने काम गर्दा यसले हाम्रो पत्रकारिता कहाँ छ भन्ने देखाउने बताए । ‘ यसले हाम्रो पत्रकारिता कहाँ छ भन्ने देखाउँछ,’ उनले भने,’सामान्यत: पत्रकार आचार संहिताले प्रकाशित भइसकेको समाचार डिलिट गर्नु नपरोस् भन्ने हो ।‘
उनले कतिपय गलत सूचनालाई समाचार बनाउँदा त्यसले नकारात्मक असर पर्ने भएकाले त्यस्तो समाचारलाई डिलिट गराउने काम पनि काउन्सिलले गर्ने गरेको सुनाए ।
कहिलेकाहीँ अदालतले पनि यस्तो काम गराएको उनको भनाइ छ । ‘काउन्सिलले समाचार हटाउ भन्दा पनि प्रश्न उठेको थियो । अदालतले डिलिट गराउँदा फेरि काउन्सिलले गर्नुपर्छ भनियो,’उनले भने,’त्यसकारण पत्रकार आचारसंहिताले डिलिट गर्न नपर्ने गरी समाचार लेख्नुपर्छ भन्ने पहिलो कुरा हो । तर अर्को कुरा डिलिट गर्नलाई कन्टेन्टमा कुनै सत्यता छैन भने डिलिट गर्नुपर्छ भन्ने पनि हो ।‘
उनले कसैलाई नियत साँधेर सिध्याउने खालको, हुँदै नभएको वा गलत सामाग्री हटाउनुपर्छ हटाउँदा जानकारी दिएर क्षमायाचना सहित हटाउनुपपर्ने बताए । त्यसो भएमा मात्रै प्रेस काउन्सिलले पत्र काट्ने वा हटाउनुपर्ने अवस्था नआउने उनको भनाइ छ । त्यसो भएमा अदालतले पनि सिमा नाघेर समाचार डिलिट गर्न लगाउने अवस्था नआउने उनले बताए ।
पूर्वअध्यक्ष बस्नेतले डिजिटल मिडियामा समाचार र सूचनालाई एकै किसिमले प्रस्तुत गर्दा समस्या भएको बताए । उनले भने,’त्यसकारण समाचारका लागि समाचारकै रुपमा राख्नुपर्छ, सूचनालाई सूचनाकै रुपमा लिनुपर्छ ।समाचार र सूचनाको फरक छुट्याउनुपर्छ ।‘
उनले कतिपय गलत सूचनालाई समाचार बनाउँदा त्यसले नकारात्मक असर पर्ने भएकाले त्यस्तो समाचारलाई डिलिट गराउने काम पनि काउन्सिलले गर्ने गरेको सुनाए ।
कहिलेकाहीँ अदालतले पनि यस्तो काम गराएको उनको भनाइ छ । ‘काउन्सिलले समाचार हटाउ भन्दा पनि प्रश्न उठेको थियो । अदालतले डिलिट गराउँदा फेरि काउन्सिलले गर्नुपर्छ भनियो,’उनले भने,’त्यसकारण पत्रकार आचारसंहिताले डिलिट गर्न नपर्ने गरी समाचार लेख्नुपर्छ भन्ने पहिलो कुरा हो । तर अर्को कुरा डिलिट गर्न लाई कन्टेन्टमा कुनै सत्यता छैन भने डिलिट गर्नुपर्छ भन्ने पनि हो ।‘
बस्नेतले अहिले डिजिटल मिडिया संक्रमणको बेला जस्तो देखिएको बताए । त्यसकारण अहिले जस र अपजस दुवै यस्तो मिडियाले खेपिरहनुपरेको भन्दै उनले विश्वसनियतामा जोड दिँदा त्यस्तो अवस्था हट्दै जाने बताए । पछिल्लो समय डिजिटल मिडियालाई नियमन गर्न गाह्रो भइरहेको उनले बताए । पत्रकारिता गर्ने संस्थाको रुपमा दर्ता भएका मिडियालाई प्रेस काउन्सिलले नियमन गर्ने भएपनि दर्ता नभएका डिजिटल मिडियालाई नियमन गर्न नसकिएको उनले बताए ।
उनले पछिल्लो समय मिडिया हाउसमा प्रहरी हस्तक्षेप भएको भन्ने कुराको पनि खण्डन गरे ।‘मिडिया हाउसका रुपमा स्थापित माध्यममा मात्रै प्रेस काउन्सिलले पहिलो चरणमा हेर्छ । मिडिया उद्योग बाहेककालाई प्रहरीले हेर्ने हो,’ उनले भने ।
उनले अहिले मिडियाहरूले अरूलाई दुख दिने, कहिले लेखेर दुख दिने,कहिले नलेखेर दुख दिने काम भइरहेको भन्दै आपत्ति जनाए । उनले भने,’ मिडियाहरू बारुला जस्ता भएका अवस्था छ, टोक्ने चिल्ने काम गर्छ भने मलम पट्टी लगाउने काम काउन्सिलले गर्ने हो।‘