`

 हरेक नागरिकले गर्ने गल्तीमा पाउने कारबाहीको दायरामा पत्रकार पर्नुपर्छ : प्रधानसम्पादक पौडेल

Nepal One HD ७ असार २०८२ १५:४८
फिचर

नेपाल प्रेसका प्रधानसम्पादक मातृका पौडेलले कन्टेन्ट क्रियटरहरूलाई आचारसंहिताबारे बुझाउनु र सिकाउनुपर्नेमा जोड दिए ।

 अहिले सञ्चार माध्यमको डिजिटल मिडियामा विगतकै नेतृत्व रहेकाले आचारसंहितामा ठूलो समस्या नरहेको बताउँदै पौडेलले कन्टेन्ट क्रियटरहरूले भने यसबारे सिक्नुपर्ने बताए । सञ्चार माध्यम र पत्रकारहरूले जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा उनको जोड छ । 

नेपाल वान एचडी नेटवर्कको आयोजनामा बसेरा बुटिक होटल, बबरमहलमा शुक्रबार सम्पन्न भएको राउण्ड टेबल कार्यक्रममा उनले विगतमा पनि मूल धारभन्दा बाहेकले नाता गोता खोजीखोजी घरमा लगेर चरित्र हत्या गर्ने अभ्यास गरेकाले समस्या आएको बताए ।

 टिभीको युगपछि डिजिटल मिडियाको युग आएको भन्दै अहिले त्यसमा पनि नयाँ तरिकाले सोच्नुपर्ने अवस्था रहेको उनले बताए । आचारसंहितामा सबैले ध्यान दिनुपर्छ,’ उनले भने,’मिडियाले पनि इम्बुस्मेन्टराख्नुपर्छ भने पाठकले पनि सेल्फ सेन्सस चाहिन्छ 

 उनले हरेक नागरिकले गर्ने गल्तीमा पाउने कारबाहीको दायरामा पत्रकार पर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको समेत सुनाए ।

उनले अहिले पत्रकारितामा अडियन्सले जे चाहन्छ त्यो दिनुपर्ने भएपनि त्यस्ता कन्टेन्टलाई प्रमाणित गरेर आचारसंहिता ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए  उनले भने,’यति करोड खायो भन्दै गर्दा त कतै न कतैबाट पुष्टि गर्नुपर्छ । आचारसंहितामा बाँधिएर काम गर्नुपर्ने हुन्छ ‘  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *