`

एक सुन्दर सरप्राइज : जब ट्राफिक प्रहरीले रिबन काटे, प्रधानमन्त्रीले ताली बजाए

मोनिका सिंह ७ असार २०८२ १८:३०
फिचर

कतिपय परिघटनाहरु अर्थपूर्ण मात्र हुँदैनन् उत्तिकै घतलाग्दा पनि हुन्छन् । प्रसंग, यहि सुक्रबारको हो ।

ललितपुरको ग्वार्कोस्थित नेपालकै पहिलो ओभरपास उद्घाटन हुँदै थियो । ओभरपासको प्रवेशमा रिबन टाँगिएको थियो, जसलाई काटेपछि विधिवत् सञ्चालन हुनेवाला थियो ।

रिबन काट्नका लागि अघि बढ्दै गरेका प्रधानमन्त्री ओली केही क्षण रोकिए । उनले यताउता नजर दौडाए र कसैलाई बोलाए । पछिल्तिर काठमाडौं टाफिक प्रहरी कार्यलय प्रमूख एसएसपी नवराज अधिकारी उँभिएका थिए । प्रधानमन्त्रीले उनैलाई डाके र कैची थमाइदिए । अनि रिबन काट्नका लागि भने ।

लेखक, मोनिका सिंह

यो अप्रत्यासित ‘आफर’ले केही क्षण त एसएसपी अधिकारी अलमल परे । तुरुन्तै हातमा बोकिरहेको मोबाइल खल्तीमा हाले र कैची समाए । अनि सगर्व रिबन काटिदिए ।
यसरी ट्राफिक प्रहरीले रिबन काट्दै गर्दा प्रधानमन्त्री ओलीले प्रफूल्ल मुद्रामा ताली बजाइरहे ।

यो एक सुन्दर सरप्राइज थियो, उपस्थित सबैका लागि । प्रधामन्त्रीले रिबन काट्नका लागि एक ट्राफिक प्रहरीलाई अगाडि सारेर सम्मानजनक मौका दिएको बिरलै घटना थियो ।
निसन्देहः प्रधानमन्त्रीको हठात् तर प्रिय निर्णय थियो यो । उनले त्यसक्षण सोचे होलान्, ट्राफिक प्रहरीको हातले यस रिबन काट्न बढी शोभा दिन्छ । किनभने सडकमा उँभिएर सवारी व्यवस्थापनमा अहोरात्र खटिने प्रहरीलाई जिम्मेवार बनाउन सम्मान पनि गर्नुपर्छ ।

सोही साँझ प्रधानमन्त्रीले फेसबुकमा यस्तो स्टाटस लेखे, ‘सडकको जाम व्यवस्थापन गर्न ट्राफिक प्रहरी सडकमा अहोरात्र खट्छन् । ट्राफिक व्यवस्थापन गर्न उनीहरुले धेरै दुःख र मेहनत गर्नु परेको हुन्छ । ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज साक्षी बन्ने अवसर मिल्यो ।’

यस किसिमको विवेकपूर्ण निर्णयहरुले राज्य मातहातमा रहने कर्मचारी मात्र होइन सर्वसाधरणलाई पनि गर्वबोध गर्ने अवसर दिन्छ । अनि आफ्नो कर्मप्रति थप उत्तरदायी र जिम्मेवार बन्न प्रेरित गर्छ । झट्ट हेर्दा सामान्य लागेपनि यसले प्रवाह गर्ने सन्देश सुन्दर र सकारात्मक छ ।

बिडम्बना त के मात्र छ भने, समाजको एउटा ठूलो तप्का नकारात्मकताले भरिएका छन् । त्यो यस्तो तप्का हो, जो हरेक कुरामा खोट लगाउन, दोष थोपर्न र नकारात्मक प्रचार गर्न उद्दत रहन्छन् । खासगरी सामाजिक सञ्जालमार्फत उनीहरु हरेक कुरामा बिरोध जनाउने र दोषरोपण गर्ने दाउमा हुन्छन् । प्रधामनन्त्रीको पछिल्लो प्रसंगमा पनि यिनीहरुले हिलो छ्याप्न छाडेनन् ।

‘प्रधानमन्त्रीले जसरी ट्राफिकको हातबाट रिबन कटाए, शिलान्यासमा किन उनैको नाम राखिएन’ भनी खिसिट्युरी गर्ने काम भयो । ग्वार्को ओभरपास उद्घाटनको प्रसंगलाई लिएर प्रधानमन्त्रीमाथि गरिएको कटाक्ष यस्तो थियो, मानौं प्रधामन्त्रीले यहाँ स्टन्टबाजी गरिरहेका छन् ।

जबकि अक्सर प्रधानमन्त्री केपी शर्मा ओली यस किसिमको सौहाद्धपूर्ण व्यवहार गरिरहेकै हुन्छन् । जस्तो यसअघि उनी भरतपुर महानगरपालिकामा निर्मित ६ लेनको सडक उद्घाटन गर्न पुगेका थिए । यो प्रसंग गत वैशाख पहिलो साताको हो ।

सडक उद्घाटनमा प्रधानमन्त्रीले उपप्रधामन्त्री प्रकाशमान सिंह र भरतपुरकी मेयर रेणु दाहाललाई महत्व दिए । उनले शिलालेखको अनावरण गर्ने क्रममा रेणु र सिंहलाई कपडाको डोरी तान्न दिएका थिए । त्यसपछि पालो थियो, रिबन काट्ने ।

रिबन काट्नका लागि पनि प्रधामन्त्री ओलीले रेणु र सिंहलालई नै अगाडि सारे । उनले दुबै जनालाई तानेरै अगाडि ल्याएका थिए ।

यी केही प्रतिनिधि प्रसंग मात्र हुन् । अक्सर प्रधामन्त्री ओली यसरी नै सौहाद्र्धपूर्ण प्रस्तुत हुने गरेका छन् । संभवत उनको यो आफ्नो मूल स्वभाव हो ।


तर, सामाजिक सञ्जालमा यति सुन्दर कुरालाई तोडमोड गरी कुरुप ढंगले पेश गर्ने प्रवृत्ति व्याप्त छ । यही प्रवृत्तिका कारण अहिले हाम्रो समाजलाई रतन्धो लागेको झै भएको छ । यसले समाजमा दृष्टिभ्रम पैदा गरिदिएको छ । त्यसैले त यहाँ राम्रो कुरा देख्ने भन्दा नराम्रो हेर्ने आँखाहरु बढेका छन् । देश बर्बाद भयो, देश डुब्यो, सबै सकियो भन्ने निराशजनक भाष्य चर्को बनेका छन् ।

यसले सत्य र सुन्दर कुरालाई ढाकछोप गरेको छ र सर्वत्र निरासा मात्र देखाइदिएको छ । आखिर यसले हाम्रो समाजलाई कहाँ पु¥याउँछ ? बिरोधका लागि बिरोध गर्ने, निरासा मात्र देखाउने, नकारात्मक मात्र चर्चा गर्ने प्रवृत्तिले अन्ततः हामीलाई नै डुबाउने हो ।

सत्य के हो ? सही के हो ? सम्यक दृष्टिले हेरौं । सोचाै र मनन गरौं । राम्रो कामको खुलेर सरहाना गरौं, ताकि त्यसले थप निरन्तरता पाओस् ।

प्रधानमन्त्रीले कुनैपनि महत्वपूर्ण मोडमा आफू दुई कदम पछाडि सरेर अरुलाई नै अगाडि उँभ्याउने जुन अभ्यास गरे, त्यो तारिफयोग्य मात्र छैन उत्तिकै अनुकरणिय पनि छ । अरुबेला पनि यस किसिमको दृश्यहरु साक्षतकार गर्न पाइयोस् । अरुले पनि यस किसिमको व्यवहार अपनाउन सकोस्, प्रधानमन्त्रीप्रति लाख शुभेच्छा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *