दुई वर्षपछि अध्यक्ष ओली प्रचण्ड निवासमा : ‘पावर शेयरिङ’ को विषयमा छलफल

दुई वर्षपछि अध्यक्ष ओली  प्रचण्ड निवासमा : ‘पावर शेयरिङ’ को विषयमा छलफल

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुग्नु भएको छ ।

करिब दुई वर्ष पछि अध्यक्ष ओली प्रचण्ड निवास पुग्नु भएको हो । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुग्नु भएको हो । अहिले उहाँहरु बिच ‘पावर शेयरिङ’ को विषयमा वार्ता भइरहेको एक नेताले जानकारी दिनु भयो ।

यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्नु भएको थियो ।

Reporter